Logo

नेकपा-कांग्रेस नेताबीच तँ तँ र म म भनाभन (भिडियोसहित)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताबीच टेलिजिन कार्यक्रममै तँ तँ र म मको भनाभन भएको छ । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका सांसद यज्ञराज सुनुवार र कांग्रेसका नेता तथा पूर्व मन्त्री महेन्द्र यादवबीच तल्लो स्तरमा उत्रिएर भनाभन भएको हो ।

यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ढाँट्दा ढाँट्दा देशलाई बर्बाद बनाएको आरोप लगाए । हिजो संसद बैठक स्थगित् गर्नुमा पनि सत्तापक्षको नै गल्ती भएको भन्दै उनले तत्काल सभामुख कृष्ण बहादुर महराले राजीनामा दिनुपर्ने माग गरे ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्लाही घट्नाको हत्या छानबिनको माग पछि उठाउने तर अहिले संसद सुचारु गरेर विपतिमा हातेमालो गरौं भन्दापनि बैठक स्थगित् गरिएको यादवको भनाई छ । उनले वर्तमान प्रधानमन्त्री ओली अहंकारी भएको पनि आरोप लगाए ।

तर, नेकपाका सांसद सुनुवारले यादवको आरोपको पुरै खण्डन गरे । उनले कांग्रेसकै कारण सोमबारको संसद बैठक स्थगित् भएको आरोप लगाए । आफूहरुले उठाएका माग पूरा नभए वेल घेराउ र नाराबाजी गर्ने भनेर कांग्रेसलगायतका दलले भनिसकेकोले बैठक स्थगित् भएको उनको जिकिर छ।



प्रतिक्रिया दिनुहोस्