Logo

तीन दिन प्रमुख नदीहरुको बहाव सामान्य



काठमाडौं, ३१ असार । नदीहरुको बहाव सामान्य स्थितिमा आएको छ । गत शुक्रबारदेखि लगातारको वर्षाले आइतबारसम्म देशका अधिकांश नदीहरुको बहाव असामान्य भएको थियो । खतराको तहभन्दा माथि सम्म बहाव पुग्दा नदी तटीय क्षेत्रका बासिन्दा विस्थापित भएका थिए ।


बाढी सूचना केन्द्रका अनुसार मङ्गलबार देखि बिहिबारसम्म नदीहरुमा बहाव सामान्य रहनेछ । खतरा नभएको केन्द्रले उल्लेख गरेको छ ।
यद्यपि, पूर्वमा कन्काई, विरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरुमा उच्च बहावको सम्भावना छ ।

 

यसैगरी, पश्चिम क्षेत्रका नदीहरुमा पनि उच्च बहावको सम्भावना छ । केन्द्रका अनुसार दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा, मोरङ, जिल्ला भई बहने केही स साना खोलामा उच्च बहावको सम्भावना रहेको ले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्