Logo

कतारबाट महिलालाई अश्लील मेसेज लेख्ने नेपाल छिरेपछि पक्राउ



काठमाडौं, ३१ असार । कतारमा वैदेशिक रोजगारमा रहेको बेलामा सुरेश गुरुङले महिलालाई अश्लील मेसेज लेख्थे । महिलालाई हैरान गरेपनि आफन्तले सम्झाउन खोज्दा सम्झाउनेलाई पनि त्यस्तै व्यवहार देखाए ।

विभिन्न अश्लील मेसेज लेख्दा आफू सुरक्षित नै रहेको ठाने । अति भएपछि गुरुङ थरकी पीडित महिलाले ८ वैशाखमा मा उजूरी गरिन् ।

विद्युतीय कारोबार ऐन अन्र्तगनको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट सुरेश गुरुङमाथि १७ जेठमा डिफ्युजन जारी गरियो । गोरखा मानवु माँझगाउवेशी घर भएका २४ वर्षीय सुरेश नेपाल फर्किएको सूचना प्रहरीलाई मिल्यो ।

उनलाई गोंगबु मित्रनगरबाट प्रहरीले पक्राउ गर्यो । सुरेशले महिलाको प्रतिष्ठामा आँच पुग्ने गरी इमो मार्फत् अपशब्द लेख्ने र धम्की समेत दिने गलत कार्य गर्दै आएका थिए ।


प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot