Logo

आज गुरु पूर्णिमा, यसरी मनाईयो (फोटोफिचर)



काठमाडौं, ३१ असार । आज गुरु पूर्णिमा, गुरुको विशेष सम्मान गरी मनाइँदैछ । गुरुलाई भेट्ने सम्मान गर्ने र उपहार दिएर मनाइने प्रचलन रहँदै आएको छ । शैक्षिक संघसंस्थाहरुमा गुरुपूर्णिका विशेष रुपले मनाइन्छ । विद्यार्थी र शिक्षकहरु एक आपसमा भेटघाट गर्ने र शिक्षकले विद्यार्थीलाई आशिर्वाद दिने चलन छ ।

गुरु चेलाको सम्बन्धलाई निकै पवित्र सम्बन्ध मानिन्छ । हिन्दु धर्ममा गुरुको विशेष स्थान छ । द्रोणाचार्य, शुक्राचार्य जस्ता गुरुहरुको विशेष स्थान छ । गुरुको आज्ञापालन गर्ने र गुरुको आशिर्वाद पाउन राजा देखि रंकसम्म प्रयास गर्थे भन्ने धर्मग्रन्थहरुमा उल्लेख छ ।

विभिन्न पेशाकर्मीहरुले आफ्ना गुरुलाई भेटेर उपहार दिने र आशिर्वाद लिने प्रचलन अझै छ । तथापि, अहिले गुरु चेलाको सम्बन्ध कमजोर हुँदै गएको छ । भौतिकवाद र अति व्यवसायीकरणले गुरु चेलाको सम्बन्धमा आर्थिक विषय बलियो बनेको छ । यसले सम्बन्धको धागोलाई कमजोर बनाएको छ । आजै खण्डग्रास चन्द्र ग्रहण पनि हो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्