Logo

जबरजस्ती करणी गर्ने इन्द्र पक्राउ



उदयपुर, ३१ असार । जबरजस्ती करणीको अभियोगमा युवक पक्राउ परेका छन् । कटारी नगरपालिकामा डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३० असारको राति २४ वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले इन्द्रबहादुरलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot