Logo

भरुवा बन्दुकसहित गोठमा लुक्ने पक्राउ



इलाम, ३१ असार । प्रहरीले भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको छ । तीन नाल भरुवा बन्दुक सहित गोठमा लुकिरहेको अवस्थामा ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय कुमार फागो लिम्बूलाई पक्राउ गरेको हो ।

लिम्बूद्वय हतियारसहित इलाम नगरपालिका मकैबारीस्थित सोनम फागो र खड्ग राईको गोठमा लुकेका थिए । उनीहरु लुकिछिपी रहेको सुचनाका आधारमा प्रहरीले छापा मारी पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot