Logo

रातो पाण्डाको छालासहित पक्राउ



काठमाडौं, ३१ असार । प्रहरीले रातोपाण्डाको छाला दुई थानसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२९ मैतीदेवीस्थित सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका-५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका-२ घर भएका २६ वर्षीय अनुप खपाङ्गी मगरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा २ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि ट्याक्सीमा सवार निमा गोलु, निमा दावा र ट्याक्सी चालक अनुपलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्