Logo

चित्तलको मासु खान पल्केपछि…



बर्दिया, ३१ असार । चित्तलको मासुसहित एकजना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका १० लम्कीफाँटा घर भएका श्यामलाल थारुलाई चित्तलको मासु दश केजी र छाला एक थानसहित प्रहरीले पक्राउ गरेको हो ।

चित्तलको शिकार गरेको विशेष सूचनाका आधारमा थारु पक्राउ परेको प्रहरीले जनाएको छ । चित्तल शिकार गरी मासु समेत काटिसकेको र छाला सुकाउन तयार गरेको अवस्थामा पक्राउ गरिएको हो ।

थारुलाई इलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरीले टोलीले पक्राउ गरी बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाएको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्