काठमाडौं, ३१ असार । अनलाइन व्यापारका नाममा ८० लाख ठग्नेहरु खुशिवुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरी सोनमा गाउँपालिका( ७ घर भएका २० वर्षीय एमडी सगिर शेख र काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका(५ घर भएका २२ वर्षीय यमदादुल मोमिन रहेका छन् ।
उनीहरुले सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाईनमार्फत विज्ञापन गर्दथे । मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गर्थे ।
हरीका अनुसार ठगी गरिरहेको भन्ने सूचनाको आधारमा खोजी तथा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।
उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।