काठमाडौ, १ साउन । लोकप्रीय वाचक तथा भजन गायक भुवनलाई ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया एन्ड सोसियल अवार्डबाट सम्मान गरिएको छ । अमेरिकास्थित लभ एन्ड सपोर्ट फाउन्डेशनले स्थापना गरेको अवार्डबाट उनलाई सम्मान गरिएको हो ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यासाचार्य भुवन गुरुका नामले परिचित उनलाई दिइएको ऋषि वेद व्यास पुरस्कारसहितको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको हस्ताक्षर छ । लभ एन्ड सपोर्ट फाउन्डेशनका अध्यक्ष मनोज राई र फाउन्डेशनका कार्यक्रम निर्देशक शिव बिष्टले पनि पुरस्कारमा हस्ताक्षर गरेका छन् ।
संस्कृति र संगित विशेष योगदानवापत् भुवनगुरुलाई सम्मान गरिएको अवार्ड आयोजक कमिटिले जनाएको छ । एक दर्जन भजन रेकर्ड गरिसकेका भुवनगुरु बहुप्रतिभाशाली वाचक पनि हुन् । उनले देश र विदेशका दर्जनौं स्थानमा महापुराणको वाचन गरिसकेका छन् ।
वाचन क्षेत्रमा भुवन गुरु लोकप्रीय छन् । उनलाई श्रीमद् भागवत् वाचनका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत निम्तो आउने क्रम बढेको छ । यसै वर्ष अमेरिका र अष्ट्रेलियामा वाचनका लागि जाने तय भएको छ ।
सामाजिक क्षेत्रमा समेत भुवन गुरुले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । उनले सामाजिक संस्था खोलेर शिक्षाको विकासमा योगदान पुर्याउँदै आएका छन् ।