काठमाडौं, १ साउन । अब सडकमा ठाउँ ठाउँमा अवरोध सृजना गरी ढाट राखेर सवारीलगायतका कर असुल्ने दिन गएका छन । सरकारले डिजिटल प्रणाली लागू गरी मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली शुरु गरेपछि कसैले पनि सडकमा अनाधिकृत कर उठाउन नपाउने भएका छन् ।
मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) १ साउनबाट लागू भएपछि एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण डिजिटल प्रणालीमा देखिनेछ । बेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा राखेपछि मात्र सामानको ओसारपसार गर्न सकिनेछ ।
सामान ढुवानीका लागि राजश्व अनुसन्धान विभागको वेवसाइटल (www.dri.gov.np) डब्लुडब्लुडब्लु डट डिआरआई डट जिओभी डट एनपीमा गएर उद्दोगी तथा व्यवसायीले ढुवानीको वस्तु र साधनको संक्षिप्त विवरण प्रणालीमा राख्न सक्नेछन् । विवरण राखिएपछि सामान ढुवानी पारदर्शी हुनेछ ।
भिसिटिएस प्रणालीपछि राजश्व चुहावट नियन्त्रण हुने आशा राखिएको छ । प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले देशमा अवैध आर्थिक कारोबारको अन्त गरी औपचारिक अर्थतन्त्र निर्माण गर्ने मूल उद्देश्यका साथ चालिउको कदमले सबैको हित हुने बताए ।
सरकारले भिसिटिएस प्रणाली लागू गरेपछि उद्दोगी व्यवसायीले कार्यान्वयनमा चुनौती देखेका छन् । सुन्दा राम्रो लागेपनि कार्यान्वयन सजिलो नभएको भन्दै असन्तुष्टि देखाएका छन् । तस्वीरः मुकुन्द कालिकोटे