Logo

लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २ साउन । समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको भन्दै लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै लोकसेवा आयोगको कार्यालय अगाडी प्रदर्शन गरिएको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको छ।

घम्साघम्सीमा परी दुई जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ । केही दिनदेखि संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै आरक्षण बचाऔं आन्दोलनले विभिन्न प्रदर्शन गर्दै आएको छ । उनीहरुले आफ्नो माग सम्बोधन नभए आगामी दिनहरुमा प्रदर्शनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्