Logo

वर्षाका कारण मर्नेको संख्या ९० पुग्यो



काठमाडौं, २ साउन । एक सातायता वर्षाका कारण आएको बाढी पहिरो र डुबानले ९० जनाको मृत्यु भएको छ । हालसम्म २९ जना वेपत्ता भएका छन् । ४१ जना घाइते भएका छन् ।

गृह मन्त्रालका अनुसार २ साउनको विहानसम्म ४१ घाइते मध्ये ११ को उपचार भइरहेको छ । बाँकी उपचारपछि घर फर्किएका छन् ।
वर्षाका कारण साँढे तीन हजारको उद्दार गरिएको छ । वर्षका कारण भएको क्षतिको विवरण संकलन भइरहकेो गृहले जनाएको छ । उद्दार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

बाढीपहिरोको जोखिम कम भएपनि गृह मन्त्रालयले कतिपय स्थानमा शतर्क रहन भनेको छ । ४ साउनसम्म देशका प्रमुख र मझौला नदीहरुमा बहाब सतर्कता तह पार गर्ने सम्भावना न्युन रहेको बाढी सूचना केन्द्रले जनाएको छ । तर, साना नदीहरुबाट सतर्क रहन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्