Logo

यी खोलाहरुबाट होशियार !



देशभर ठूला र मझौला नदीहरु सामान्य अवस्थामा छन् । गत हप्ताको अन्ततिर भएको अविरल वर्षाले नदीहरु चार दिनसम्म खतराको सतह पार गरे ।

गृह मन्त्रालय अन्र्तगतको नेपाल बाढी सूचनाले ४ साउनसम्म देशका प्रमुख तथा मझौला नदीहरुमा बहाव सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको जनाएको छ । तर, ३ र ४ साउनमा चुरे र पहाडबाट बहने केही स साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको उल्लेख गरेको छ ।

इलाम, झापा, मोरङ, धनकुटा, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर तथा काठमाडौं उपत्यका लगायत आसपालका जिल्ला र प्रदेश २ को चुरे र पहाडबाट बहने स साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको छ ।

नेपाल बाढी सूचनाले आकस्मिक बहावको सम्भावना रहेको खोलाहरु रहेका जिल्लाका बासिन्दालाई सतर्क रहन भनेको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्