ललितपुर, २ साउन । नझुक्किनुहोस् यो कुनै फोहोर पोखरी होइन २२ मिटर चौंडा सडक हो । त्यो पनि काठमाडौं उपत्यकाभित्रको रणनीतिक महत्वको ग्वार्को लुभु लामाटार सडक ।
राजधानीलाई पूर्वतर्फ जोड्ने वैकल्पिक राजमार्गका रुपमा लिइएको अन्र्तगत अधिकांश भाग यस्तै छ । सिद्धिपुरस्थित खण्डको अवस्था डरलाग्दो छ ।
दैनिक हजारौं यात्रु आवतजावत् गर्ने सडकमा निकै गहिरो खाल्डो परेको छ । खाल्डो पुर्नेसम्मको कदम स्थानीय सरकारले गरेको छैन ।
सडक बनिसक्नुपर्नेमा विभिन्न समस्याले रोकिएको छ ।
पक्की नबनेपनि भएको सडकमा भएका खाल्डो पुर्नेतर्फ महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुले बेवास्ता गरेका छैनन् ।
हरेक दिन यात्रुहरु दुर्घटनामा परिरहेका छन् । जोकोहीले जनप्रतिनिधिलाई गाली गर्दै खाल्डो छल्छन् । खाडलका कारण घन्टौं जाम पर्ने गरेको छ । तस्वीरः रिपोर्टर्स नेपाल