Logo

ओलीले सैनिकमञ्चमा सलामी खुवाएका अब्बासी भ्रष्टाचार अभियोगमा पक्राउ



काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नेवित्तिकै एउटा थिती बसाले । नेपालको औपचारिक भ्रमण गर्ने विदेशी राष्ट्रपति या प्रधानमन्त्रीलाई सैनिकमञ्च टुंडिखेलमा लगेर सलामी दिने ।

“” विशेष सम्मानका साथ दिइन्छ । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक नेपाल भ्रमण गर्ने विदेशी उच्च अधिकारीमा पाकिस्तानका तत्कालिन प्रधानमन्त्री सहिद खगन अब्बासी भए । अब्बासीको भ्रमणलाई लिएर देशभित्र र बाहिर निकै चर्चा परिचर्चा भयो । रातो कार्पेट बिछ्याएर दिइएको सम्मानबारे टिकाटिप्पणीहरु भए ।


ओलीले २०७४ सालमा टुँडिखेलमा सलामी दिन लगाएका अब्बासी पक्राउ परेका छन् । भ्रष्टाचारको अभियोगमा उनलाई २ साउनमा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । इमरान खान प्रधानमन्त्री भएपछि पक्राउ पर्ने उच्च तहको नेतामा अब्बासी परेका छन् ।

प्राकृतिक ग्याँसको सम्झौता गर्दा भ्रष्टाचार गरेको अभियोग अब्बासीमाथि लागेको छ । पाकिस्तानी मुस्लिम लिगका प्रमुख नवाज सरिफ अदालतको फैसलाबाट पदबाट बर्खास्त भएपछि अब्बासीले पदभार सम्हालेका थिए ।


यसैगरी, साउदी राजकुमार अलवालिद विन तलालले पनि विगतमा नेपालमा सम्मान पाएका थिए । उनलाई राष्ट्रदीप महाउज्ववल पदकले विभूषित गरिएको थियो । तलाल भ्रष्टाचारको अभियोगमा पक्राउ परेका थिए । Photo: Agencies



प्रतिक्रिया दिनुहोस्