Logo

बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्दै



काठमाडौं ३ साउन । बैंकास्योरेन्सको नाममा बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कडाइ गर्न लागेको हो । बिमाको नाममा बैंकले ग्राहकलाई अनावश्यक बोझ दिएको भेटिएपछि राष्ट्र बैंकले बैंकास्योरेन्समा कडाइ गर्न लागेको हो ।

‘कर्जाको जोखिम सुरक्षणका लागि बाहेकको अवस्थामा अनिवार्य बिमा गर्न बाध्य पार्न नहुने व्यवस्थाका लागि छलफल भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

बैंकले बिमा गर्दा बिमा पहुँच बढ्ने भए पनि पछिल्ला वर्षमा बैंकले ‘कोर बैंकिङ’ भन्दा बिमा योजना (पोलीसी) बिक्रीलाई प्राथमिकता दिन थालेको गुनासोका आधारमा केही कडाइ गर्नुपर्ने देखिएको उनले बताए ।–कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot