Logo

भैसीको काँचो खुट्टा खाने खेलाडीको जीमखानामा विप्लवका छोराको यस्तो चर्तिकला (भिडियोसहित)



काठमाडौं । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ । बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गिरीले यस्तो जानकारी गराएका हुन् ।

कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिनेपनि अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा जम्मा १३ लाख लाग्नेपनि उनले जनाए । अहिलेसम्म उक्त प्रतियोगितालाई सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको पनि उनले जनाए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot