, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओेले कंगोमा बढ्दो इबोला संक्रमणका कारण विश्वभर स्वास्थ्य आपतकालको स्थिति घोषणा गरेको छ ।
इबोलाको संक्रमण बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन आपतकाल घोषणा गरिएको हो । नेपालमा पनि यो रोगको संक्रमण फैलिन सक्ने संम्भावना भएपनि राज्यतर्फबाट भने हुनसक्ने सम्भावनालाई रोक्न कुनै सावधानी अपनाएको छैन ।
पछिल्लो समय कंगोमा इबोला भाइरसका कारण सयौ जनाले ज्यान गुमाएका छन । नेपालीहरु रोजगारीको शिलशिलामा तथा अन्य कामको लागि कंगोमा जाने आउने गर्दछन । जसबाट नेपालमा पनि यो रोगको महामारी फैलन सक्ने सम्भावना छ ।
यसको बेलैमा राज्यले रोकथाम तथा आवश्यक स्वास्थ्य परिक्षणमा ध्यान नसके भविष्यमा नेपालमा पनि विकराल रोग र समस्या नबन्ला भन्न सकिन्न । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोलले रोग नेपालमा फैलियो भने अस्पतालमा उपचार गर्न नसक्ने बताउछन ।
नेपालमा भएका अस्पतालहरुमा यस्ता सरुवा रोगहरुको विरामीहरु राख्ने छुट्नै अस्पताल तथा औषधि अपचार पद्धतिनै छ नत उपचारका का लागि बिरामी राख्ने छुट्टै सैया छ । नेपालमा रहेको एकमात्र सरुवा रोग अस्पतालमा समेत अहिलेसम्म आइसोलेशन बार्ड अर्थात सुरुवारोगका विरामी राख्ने छुट्टै कक्ष छैनन् ।
भएका केही वार्डलाई सुविधायुक्त र व्यवस्थित बनाउनुको साटो उल्टो ताल्चा लगाइएर राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकार समस्या समाधानका लागि गम्भीर भएको दावी गरेका छन् ।
नेपालको स्वस्थ्य मन्त्रालय अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाशा पनि छन । तर ति महाशाखामा समेत पर्याप्त कर्मचारीहरु समेत छैनन । भने सुविधायुक्त स्रोतसाधनहरु समेत पर्याप्त छैनन ।
जसका कारण नेपालमा जतिबेला जेपनि हुन सक्ने संम्भावना देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाशाका निर्देशक विवेक लाल कर्णले भने आफुहरुले यस्तो रोग नियन्त्रणका लागि अन्तराष्ट्रिय विमानस्थलमा परिक्षणको लागि चिकित्सकको टोलि खटिएको बताउछन ।
इबोला यस्तो भइरस हो जस्को सकं्रमण पश्चात यसले ठुलो ममहामारीको रुप लिन्छ । डब्ल्यू एच ओका अनुसार इबोलाका कारण पछिल्लो समय १६ सय भन्दा बढीले यहाँ ज्यान गुमाइसकेका छन् ।
यसअघि २०१४ देखि २०१६ को बिचमा मात्रै कंगोमा इबोलाका कारण ११ हजारले ज्यान गुमाएका थिए । त्यस कारण नेपालमा पनि यस्ता सरुवा रोगहरु भित्रन सक्ने भएकोले यस्ता रोग नियन्त्रणका बेलैमा सरकारले आवश्यक सावधानी अपनाउनु र गंम्भिर हुनु जरुरी छ ।