Logo

फेरी किन दियो सरकारले साझालाई ३ अर्ब ?



साउन ३, काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई दिएको विद्युतीय बस साझा यातायातले संचालन गर्न सकेको छैन । फेरी सरकारले त्यही साझा यातायातलाई तीन सय विद्युतीय बस खरीद गर्न तीन अर्ब निकासा गरेको छ । ति बस साझा यातायात सहकारी संस्थामार्फत संचालन हुनेछन् ।

गत कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली विकास बैंक एडिबीले लुम्बिनी विकास कोषलाई दिएको बिजुली बस तामझामका साथ उद्घाटन गर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बस अहिले प्रयोगविहीन हुँदै गोदाममा थन्किएको छ ।

भएका बस संचालन गर्न नसकेको साझा यातायात सहकारी संस्थालाई सरकारले तीन सय विद्युतीय बस खरीद गर्न तीन अर्ब निकासा गरेको छ । संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा बस खरीद गर्नेछ । सरकारको लक्ष्य अनुसार यही असोज महिनाभित्र सन्चानमा ल्याउने गरि खरिदका लागि साझा यातयातलाई जिम्मेवारी दिइएको हो ।

साझा यातायात बिगत दुइ बर्ष देखि घाटामा छ । यसअघि नै ल्याइएको विद्युतीय बस पनि संचालन हुन सकेको छैन । यस्तो अवस्थामा फेरी सरकारले दिएको पैसाको दुरुपयोग त हुने हैन भन्ने आशंका उब्जिएको छ । तर मन्त्री महासेठले भने नाफामुलक व्यवसाय नभएकाले योजना सफल हुने दावी गर्नुभएको छ ।

एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई दिएको विद्युतीय बस साझा यातायात यहीले थन्किएर बसेका छन् । ६ कात्तिकमा प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा, तत्कालिन पर्यटनमन्त्री स्वर्गिय रवीन्द्र अधिकारी, वनमन्त्री शक्तिबहादुर बस्नेतलगायत काठमाडौं र ललितपुर महानगरका प्रमुखको उपस्थितिमा तामझामका साथ विद्युतीय बस उद्घाटन गरेका थिए । प्रधानमन्त्री केपी ओलील बसमा सिंहदरवारसम्म यात्रा गरेका समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्