Logo

इरानको ड्रोन अमेरिकाले खसाल्यो



एजेन्सी, ३ साउन । अमेरिकाले इरानको ड्रोन खसालिदिएको छ । २ साउनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवरहित ड्रोन खसालिदिएको बताएका छन् ।

खाडीको समुन्द्रको होरमुज क्षेत्रमा ड्रोन खसालिदिएको अमेरिकी राष्ट्रपतिको भनाईलाई इरानले खण्डन गरेको छ । इरानी विदेशमन्त्री अब्बास अर्गाचीले ३ साउनमा ट्वीटर पोष्ट गरी अमेरिकी दाबीलाई गलत भनेका छन् । अमेरिकाले गल्तीले आफ्नै यान खसालेको दाबी गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले खाडीको समुन्द्रको होरमुज क्षेत्रमा तेल ट्याकरहरुमा अवरोध गरिरहेकाले कडा कदम चालेको बताएका छन् ।

खाडीको समुन्द्रमा पछिल्लो समय इरानको अमेरिकालगायत पश्चिमा देशहरुसँग तनाव बढेको छ । यसले खाडीमा युद्धको खतरा बढेको छ ।
यसै हप्ता इरानले तेल भरिएको जहाज नियन्त्रणमा लिएको छ । इरानको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनका अनुसार त्यहाँको सेनाले १२ जना चालक दलको सदस्यसहित खाडीको समुन्द्रमा तस्करीको तेल बोकेको जहाज नियन्त्रणमा लिएको छ । इरानी तस्करहरुमार्फत् १० लाख लिटर कच्चा तेल बोकेको दाबी इरानले गरेको छ ।

इरानको समुन्द्रमा पुगेपछि नियन्त्रणमा लिइएको तेल भरिएको जहाज कस्को हो भन्ने स्पष्ट भएको छैन । इरानसँग तिक्तापूर्ण सम्बन्ध रहेको संयुक्त अरब इमिरेट्सले उक्त जहाज आफ्नो नभएको बताएको छ ।

खाडीको समुन्द्रमा पछिल्लो समय तेल ट्यांकरसहितको जहाज नियन्त्रणमा लिने होडवाजी चलेको छ । त्यसले उक्त क्षेत्रमा युद्धको खतरा बढेको छ । Photo: ABC News.go.com



प्रतिक्रिया दिनुहोस्