Logo

काबुल विश्वविद्यालयमा बम हमला, आठको मृत्यु



एजेन्सी, ३ साउन । काबुल विश्वविद्यालयमा बम हमला भएको छ । ३ साउनमा विश्वविद्यालय परिसरमा राखिएको बम बिष्फोट हुँदा आठ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय टेलिभिजनहरुले बम हमलापछिका दृश्य देखाइरहेका छन् । घटनास्थलमा रगत बगेको र मानिसका अङ्गहरु छरिएको दृश्य देखिएको छ ।

विहानै भएको घटनामा दुईवटा सवारी समेत ध्वस्त भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटना आत्मघाती हो या रिमोटबाट बम पड्काइएको हो भन्ने यकिन नभएको त्यहाँको प्रहरीले जनाएको छ ।

दोहामा अफगान नेता र तालिवानबीच वार्ता भएपछि पनि बम हमलाका शृंखलावद्ध घटना हुनुले त्यहाँ अशान्ति कायम रहने खतरा बढेको छ ।
यसअघि २ साउनमा अफगानिस्तानको कान्दाहर शहरमा प्रहरी मुख्यालयमा कारबम हमला भएको थियो । बम हमलालगत्तै गोली हानाहान भयो ।

आक्रमणकारीले मुलढोकामा कारबलमे हमला गरेलगत्तै गोली चलाएका थिए । प्रहरी र आक्रमणकारीबीच गोली हानाहान भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनाको क्षतिबारे केही बताइएको छैन ।

आक्रमणको जिम्मेवारी कसैले नलिएपनि तालिवानमाथि शंका गरिएको छ । विगतमा कान्दाहार तालिवानको अखडा थियो ।

१ साउनमा पश्चिम अफगानिसतानको अब्कामारी जिल्लामा २० जना कमान्डो तालिवानको एम्बुसमा मारिएका थिए । तालिवानले पछिल्लो समय आक्रमणलाई बढाउनुलाई गम्भीरताका साथ लिइएको छ । Photo: itv.com



प्रतिक्रिया दिनुहोस्