Logo

जुवाडेमाथि प्रहरीको देशभर धावा, दर्जनौं पक्राउ



काठमाडौं, ३ साउन । प्रहरीले जुवाडेमाथि धावा बोल्ने क्रमलाई बढावा दिएको छ । जुवाडेमाथि विशेष अभियान चलाएको प्रहरीले तीन जिल्लाबाट २५ जनालाई पक्राउ गरेको छ ।

नागार्जुनबाट एकैपटक १० जनालाई पक्राउ गरेको हो । नागार्जुन नगरपालिका-८ जरंकु बस्ने कुमार श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा बिशाल मोक्तान सहित १० जनालाई नगद १९ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी, भक्तपुरको सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा सुमन खलावाला लगायत ६ जनालाई नगद ६७ हजार ८५ रुपैयाँ र ७ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

दोलखा, बैतेश्वर गाउँपालिका नाम्दु बस्ने ढाल बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र तामाङ लगायत ९ जनालाई नगद ४३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्