भक्तपुर, ४ साउन । आशापुरीमा ढुङ्गाखानी संचालकले डाँडो खोप्न मेशिनको प्रयोग गरिरहेका छन् । साउनको झरी र पहिरोको खतराबीच डाँडो थर्काइरहेका छन् ।
वरपरको वातावरण नै बिग्रने गरी आवाज मात्र नभई जमिन थर्किइरहेको छ । मेशिनले ढुङ्गा खोप्दा र फटाउँदा पहरा नै थर्किइरहेको छ ।
वातावरण विनाशको नमूना आशापुरीमा देखिएको छ । ढुङ्गाखानी संचालकले जङ्गल विनाश गरिरहँदा सम्बन्धित निकाय मौन छ ।
तस्वीरहरुः रिपोर्टर्स नेपाल