Logo

के पुटिनले ट्रम्पलाई जिताएकै हुन् ?



रुसमाथि सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनाव प्रभावित पारेको आरोप लाग्दै आएको छ । त्यसबारे अमेरिकामा छानविन समेत चल्यो ।

आखिर रुसले कसरी अमेरिकी चुनाव प्रभावित पार्न सक्यो ? डोनाल्ड ट्रम्पलाई जिताएर रुसले के लाभ हासिल गर्यो ? धेरैको जिज्ञासा हुन सक्छ ।

ट्रम्पले रुसले अमेरिकी चुनाव प्रभावित पारेर आफूलाई जिताएको भन्ने आरोपलाई हाँस्यास्पद भन्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यसलाई गलत भने ।

तर, पुटिनले आफ्नो सद्भाव ट्रम्पप्रति थियो भनेका छन् । अमेरिकी राष्ट्रपति चुनाव अगाडि ट्रम्पप्रति उनको सद्भाव थियो भन्ने खुलासा ३ साउनमा प्रकाशित एक अन्तवार्तामा गरेका छन् । अमेरिकी फिल्म निर्माता ओलिभर स्टोनससँगको अन्तवार्ता क्रेमलिनले ३ असारमा प्रकाशित गरेको हो ।

पुटिनले रुसी ह्याकरहरु चुनावी नतिजालाई असर पार्ने क्षमतामा नपुगिसकेको बताए ।
तर, ट्रम्पप्रति उनको सद्भाव थियो भनेबाट अझै शंका गर्ने ठाउँ देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्