Logo

काठमाडौंमा जापानिज रेष्टुरेन्ट सञ्चालनमा



काठमाडौं। काठमाडौंमा जापानिज रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेपालीलाई जापानमा बनेको विभिन्न प्रकारका खानाको स्वाद चखाउने उद्देश्यले नेपालमा होक्काइदो रामेन हाउसको सुरु भएको हो। होक्काइदो रामेन हाउस प्रालिले काठमाडौंको बुढानिलकण्ठस्थित् पार्क भिलेज र ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा एकैसाथ जापानिज रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

होक्काइदो रामेन हाउस प्रा.ली.का अध्यक्ष अर्जुन अधिकारीले जापानिज परिकारको माध्यमबाट नेपाल र जापानबीचको खानपिन तथा जनस्तरको सम्बन्धलाई कसिलो बनाउने विश्वास दिलाएका छन् । उनले यसले नेपालको उद्योय व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरे।

होक्काइदो रामेन हाउस ३ वर्षको प्रयासपछि नेपालमा खुलेको हो। अध्यक्ष अधिकारीका अनुसार जापानमा अति प्रचलिन नुडल्स ‘रामेन’ लाई सुलभ मुल्यमा उत्कृष्ट स्वाद चखाइनेछ। औपचारिक रुपमा नेपालका लागि जापानिज राजदूत मासामिची साइगोले उद्घाटन गरे। उदघाटन कार्यक्रममा नेपाल र जापानका विशिष्ट व्यक्तिहरु सहभागी थिए।



प्रतिक्रिया दिनुहोस्