Logo

नारायणकाजीलाई स्कूल विभागको प्रमुख बनाउनुपर्ने पूर्व माओवादीहरुको निश्कर्ष



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पूर्व माओवादीहरुको बैठक बसेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भएको पूर्व माओवादीहरुको भेलमा पार्टीको स्कुल विभागको प्रमुखमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बनाउनुपर्ने निश्कर्ष निकालिएको स्रोतको दाबी छ ।

तर, नेकपामा पूर्व एमालेहरुले वर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई बनाउनुपर्ने अडान लिएका छन् । नेकपाको सचिवालय बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot