Logo

प्रहरीको शव पुर्याइएको अस्पतालमा महिलाबाट आत्मघाती हमला



एजेन्सी, ५ साउन । मोटरसाइकल चढेका हतियारधारीले प्रहरीमाथि अन्धाधुन्दा गोली चलाए । घटनामा दुई प्रहरीको मृत्यु भयो ।
मृतक र घाइतेको शव अस्पताल पुर्याइयो । तर, शव ल्याएको सवारीमाथि अस्पतालमा बम हमला भयो, त्यो पनि आत्मघाती ।

पाकिस्तानको उत्तरपश्चिमी शहर डेरा इस्माइल खानको घटना हो यो । त्यहाँको जिल्ला अस्पतालमा दुईजना प्रहरी र दुई सर्वसाधारण मारिए ।
महिला आत्मघाती बम हमलाकारीको आक्रमणमा परी ३० जना घाइते भए ।

दी तेहरिक इ तालिवान पाकिस्तान नामको सशस्त्र समूहले घटनाको जिम्मेवारी लिएको छ । उसले आफ्ना कमाण्डको हत्याको बदलामा आक्रमण गरेको इमेलमार्फत् लेखेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तरपश्चिमी पाकिस्तानको आदिवासी बसोबास गर्ने क्षेत्रमा ऐतिहासिक चुनाव भएको भोलिपल्ट बम हमला भएको हो । पाकिस्तानमा कट्टरपन्थीहरुले चुनावलाई रुचाएका छैनन् । उनीहरुले बेला बेलामा बम हमला गराउँदै आएका छन् । Photo: Arab News



प्रतिक्रिया दिनुहोस्

Screenshot