Logo

४० वर्षमा पाकुई बने विश्व च्याम्पियन बक्सर



एजेन्सी, ५ साउन । विश्वकै लोकप्रीय फिलिपिनो बक्सरले इतिहास रचेका छन् । ४० वर्षको उमेरमा बक्सिङको वेल्टरवेट च्याम्पियन बनेर इतिहास रचेका हुन् ।

बक्सिङ उमेरले मात्र खेलिन्न, लगाव र अनुभव पनि चाहिने प्रमाण पेश गर्ने क्रममा उनले आफूभन्दा दश वर्ष कान्छा र अग्ला बक्सर किथ थुरम्यानलाई पहिलो राउन्डमै ढालेका थिए । तर, खेल १२ राउन्डसम्म पुग्दा झीनो अन्तरले पाकुई विजयी भए ।

तीन जजमध्ये दुईजनाले पाकुईलाई बढी अंक दिएका थिए । एकजनाले मात्र थुरम्यानलाई बढी अंक दिए । खेलमा दुई जजले पाकुईलाई ११५ र थुरम्यानलाई ११२ अंक दिए । अर्का जजले पाकुईलाई ११४ र थुरम्यानलाई ११३ अंक दिए ।


थुरम्यानले खेल जीवनमा पहिलो हार व्यहोरे । पाकुईको दबदबा अन्त गर्न असफल भए । खेल जीतेपछि पाकुई झन् लोकप्रीय भएका छन् ।
फिलिपिन्सका राष्ट्रपतिभन्दा पनि चर्चित छन् पाकुई । उनी एशियाकै सर्वाधिक लोकप्रीय बक्सर पनि हुन् । ४० वर्षमा सानदार जीत हासिल गरेपछि उनले अझै खेलयात्रा नरोक्ने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्