Logo

भारतले चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याएर इतिहास रच्ला ?



एजेन्सी । भारतले चन्द्रयान २ लाई प्रक्षेपण गर्दैछ । ७ साउनको विहान भारतीय समय अनुसार २ बजेर ४३ मिनेट जाँदा यान चन्द्रमाको यात्रामा उड्नेछ ।

१५ करााोड डलरको महत्वाकांक्षी योजना सफल भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने पहिलो देश बन्नेछ । उसले यसपछि चन्द्रमामा मानवसहितको यान पठाउने योजना समेत बनाएको छ ।

यसअघि १५ जुलाईमा उड्नै लाग्दा प्रक्षेपण स्थगित गरिएको थियो । उड्नुभन्दा ५६ मिनेट अघि यान प्रक्षेपण रोकिएपछि भारतभित्र र बाहिर आशंकाहरु पैदा भएका थिए । केही प्राविधिक समस्याले ढिलाई गरेपनि अब सबै समस्या ठिक गरेर उडाउन लागिएको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इस्रोनले जनाएको छ ।

किन स्थगित गरियो
१५ जुलाईको सन् २०१९ को भारतीय समय अनुसार दुई बजेर ५१ मिनेटमा यान प्रक्षेपण गर्ने तय भएको थियो । तर, अन्तिम समयमा केही प्राविधिक कारण भन्दै रोकियो ।


भारत चन्द्रमाको नयाँ दौडमा सहभागी हुनुलाई उसको महाशक्ति बन्ने महत्वाकांक्षाका रुपमा हेरिएको छ । चन्द्रमामा यान अवतरण गरेमा दौडमा सहभागी अमेरिका, रुस र चीनपछि चौंथो मुलुक बन्नेछ । Photo: Indian Space Research Organisation

 



प्रतिक्रिया दिनुहोस्