Logo

गच्छेदारले भारतका शक्तिशाली अधिकारीलाई भेटेपछि…



रिपोर्टर्स नेपाल । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार बालुवाटार जग्गा प्रकरणमा नाम मुछिएपछि फरार भएको हल्ला मच्चाइयो । तीन हप्तायता देशबाहिर रहेको उनीबारे चर्चा परिचर्चा भयो । गच्छेदार अब देश नै फर्कदैनन् जसरी प्रचार प्रसार गरियो ।

सधै शक्तिमा रहनसक्ने सदावहार नेता गच्छेदार स्वदेश फर्किए । ५ साउनमा एयरपोर्टमा आएर छाति फुलाएर बोले । शक्तिको अभ्यास गर्न खप्पिस उनी भारत र अमेरिकाबाट फर्किएपछि राजनीतिकवृत्तमा चासो बढेको छ ।

आखिर गच्छेदारलाई किन बोलाइयो ? क कस्ले भेटे ? यसबारे धेरैको चासो बढेको छ ।

श्री श्री रवीशंकरलाई उनले भेटेको खुलिसकेको छ । तर, उनले भारतका शक्तिशाली अधिकारीहरुलाई भेटेका छन् । विश्वस्त स्रोतका अनुसार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र समेत रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाललाई भेटे । दोभाल विगतमा खुफिया एजेन्सी आइबीका प्रमुख समेत थिए ।

दोभालबाहेक उनले केही उच्च अधिकारीहरुसँग महत्वपूर्ण भेट गरेका छन् । गच्छेदारसँग भेट्ने उच्च अधिकारीहरु राजनीतिज्ञ नभई भारतको कर्मचारीतन्त्रका विशिष्ट अधिकारी हुन् ।

नेपालको राजनीतिक अंकगणित मिलाउने देखि राजनीतिक उतारचढावमा भूमिका खेल्ने खेलाडीको परिचय बनाएका गच्छेदारले दोभाललगायत सुरक्षासम्बन्ध अधिकारीहरुसँग भेटेर फर्कनुलाई अर्थपूर्ण मानिएको छ ।

नेपाली काँग्रेसभित्र महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिका अलावा केन्द्रीय कमिटिमा समेत आफूसँग एकीकरणका बेलामा सहभागी भएकाहरुको समायोजनमा गच्छेदार सक्रिय छन् । उनले विदेश भ्रमणबाट फर्किएपछि समायोजनमा दबाब बढाउने गरी शक्ति संचय गरेर फर्किएको चर्चा काँग्रेसवृत्तमा चलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्