Logo



मोटरसाइकल चोर खोज्दा सडकमा फेला
बर्दिया । मोटरसाइकल चोरेर चलाइरहेको अवस्थामा किशोर पक्राउ परेका छन् । गुलरिया नगरपालिका-६ स्थित बिद्युत प्राधिकरण कार्यालय नजिकबाट चोरी गरी लगेको भे ५ प ५६४४ नम्बरको मोटरसाइकल सहित गुलरिया नगरपालिका-८ बस्ने १८ वर्षीय बिशाल थारुलाई ६ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिगत १७/१८ दिन अगाडि मधुवन नगरपालिका-५ बस्ने राम बहादुर खत्रीको उक्त मोटरसाइकल चोरी भएकोमा सो मोटरसाइकल थारुले चलाईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot