Logo

२३ वर्षे युवाले माल्टा लाने भन्दै ६५ लाख ठगे



काठमाडौं । २३ वर्षीय युवा । त्यो पनि भारतीय । नेपालीहरुलाई रोजगारीका लागि युरोपेली मुलुक माल्टा लैजान्छु भनेर पैसा उठाए ।
माल्टा जान पाइने लोभले युवकको उमेर र वतन नहेरी पैसा दिए । पछि उनले माल्टा लान सकेनन् । पीडितले प्रहरीमा उजूरी दिए । युवक निकै मिहेनतपछि पक्राउ परे ।

भारतको दिल्लीसँग जोडिएको उत्तर प्रदेशको शहरमा घर भई हाल काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ । Photo: Pentasia



प्रतिक्रिया दिनुहोस्

Screenshot