Logo

‘ओलीको कारण देशको छवि धमिलियो’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारक हरेक गवितिधिले अन्तर्राष्ट्रियस्तरमा देशको छवि धमिलिएको आरोप लगाएका छन् । उनले सरकारको खोक्रो राष्ट्रवादले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि खतरा बढेको आरोप लगाएका छन् ।

उनले प्रश्न गरे,हाम्रो कूनै सम्बन्ध नरहेको भेनेजुयलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरूलाई बोलाएर कम्युनिष्ट नेताहरूले के गर्न खोजेको ! किन बोलाइयो उनलाई ! यसले नेपालको छवि कहाँ पुग्छ ! अन्तर्राष्ट्रिय स्तरमा के सन्देश जान्छ ! यो घटनाले नेपालप्रति अमेरिका सशंकित भएको उनको भनाइ थियो ।

सोमवार ३७ औं बिपी स्मृति दिवसको अवसरमा स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका छन् । उनले सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि धमिलिँदै गएको दाबी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्