Logo

विलासी सांसद : बजेटभन्दा बढि सुविधामै खर्च



साउन ६, काठमाण्डौ । नेपालका जनप्रतिनिधि सुविधाभोगी छन् । जनताको समस्या एकातिर छ, जनप्रतिनिधिहरुको ध्यान मोजमस्तीमा । विलासी जीवन विताउन चाहने सांसदलाई वर्षेनी करडौका सवारी साधन खरिद हुँदै आएको छ । संघीय संसद सचिवालयका लागि छुट्टाइएको पूजीगततर्फको बजेट गाडी, ल्यापटप, मेशिनरी उपकरण खरिद, मर्मतसम्भार, रंगरोगनका काममा अत्याधि खर्च हुने गरेको छ ।

संघिय संसद सचिवालयका लागि सरकारले गत बर्ष पूजीगततर्फ छुट्याएको १ करोड ४१ लाख बजेटले नपुगेर ५ करोड ६३ लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ३ सय ९९ दशमलब १ प्रतिशतले बढी खर्च हो । विनियोजित पूजीगततर्फको बजेट गाडी, ल्यापटप, मेशिनरी उपकरण खरिद, मर्मतसम्भार, रंगरोगनका काममा खर्च हुने गरेको छ ।

विनियोजित बजेटभन्दा बढी खर्च भएपछि अन्त खर्च हुन नसकेको रकम रकमान्तर गरी सांसदहरुका लागि भौतिक सामग्री गाडी तथा ल्यापटप र मोबाईल वितरणमा खर्च गर्ने गरिएको छ । संसदअन्तरगतका समितिका सभापतिलाई १६ ओटा स्कार्पियो गाडी खरिद गरेको थियो ।

बैशाखमा विकास बजेटको ६ करोड १६ लाख रकमान्तर गरी ५५ लाख प्रतिमूल्य पर्ने ११ ओटा स्कार्पियो गाडी खरिद गरिएको थियो । यसैगरी, जेठमा प्रतिनिधि सभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ जना सांसदका लागि ३ सय ३४ थान ल्यापटप खरिद प्रक्रियामा गएको छ । सचिवालयले रुं एक लाखका दरले ३ करोड ३४ लाख रुपैयाको ल्यापट बाड्ने निर्णय गरेको थियो ।

खाजा, भत्ता, र कार्यक्रम खर्चको बिल खर्च भएकोभन्दा बढीको बिल देखाएर बजेट खर्च गर्ने प्रवृत्ती पनि उत्तिकै छ । नयाँ गाडी किन्दा कमिशन आउने भएकाले पुराना गाडीहरु थन्क्याउने गरिएको छ ।

सिंहदरवारभित्र पूराना गाडी झाडीमा मिल्काउने काम थपिएको थपिएै छ । लाखौंबाट सुरु हुने मारुती, स्कारपिओदेखि ल्यान्डक्रुजर, मित्सुविसी, टोयोटा हुँदै दुई करोडभन्दा बढी मूल्य पर्ने बेन्चकारसम्मका बिलासी गाडीहरू सिंहदरबार परिसरभित्रका झाडीमा अलपत्र अवस्थामा फालिएका छन् ।

तर, कुन मन्त्रालयको कति गाडी बेकामे बनाएर थन्क्याएका छन् त्यसको लेखाजोखा सिंहदरवारसँग छैन । पचास हजारदेखि १६ करोडसम्मका गाडीहरु बर्षेनी खरिद हुन्छन् । तर, ती गाडीहरु न फिर्ता हुन्छन् त्यतिकै विग्रिएको भनेर थन्क्याईदा न बजेटको सदुपयोग हुन सकेको छ न त त्यस्को छानबिन गरी सुशासन नै कायम हुन सकेको छ ।



प्रतिक्रिया दिनुहोस्