Logo

क्लासिक टेकद्वारा एक वर्षको सेवा खरिदमा दश महिना बोनस



काठमाडौं । नेपालमा इन्टरनेट सेवा सुरु गरेको एक दश पूरा गरेको उपलक्ष्यमा ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ । त्यस्तै, एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको कम्पनीका प्रमुख बजार अधिकृत प्रविण श्रेष्ठले जानकारी दिएका छन् ।

विश्वकै उत्कृष्ट GPON प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको क्लासिक टेकले जनाएको छ ।

यस कम्पनीसँग हाल एक सय जीवीपीएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम रहेको क्लासिक टेकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्