Logo

जनप्रतिनिधिलाई धम्क्याई चन्दा असुली



म्याग्दी । जनप्रतिनिधिलाई धम्क्याई जबरजस्ती चन्दा असुली गर्ने पक्राउ परेका छन् । बेनी नगरपालिका-३ भकिम्ली नयाँपुलबाट स्थानिय तहमा निर्बाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गर्ने तथा म्याग्दी जिल्ला स्थित रहेका ५ वटा एनसेल टावरमा भएको आगजनीमा समेत संलग्न रहेका २ जनालाई ६ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुकुम घर भएका ४२ वर्षीय कमान सिंह नकाल क्षेत्री र बाग्लुङ घर भएका ४८ वर्षीय बाबुलाल शाक्य रहेका छन् । उनीहरुको साथबाट ध।१ प २१७० नम्बरको मोटरसाइकल र मोवाईल ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot