Logo

बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने 



एजेन्सी । बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन हुने निश्चितप्रायः भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा विजयी हुने भएपछि उनी बेलायतको प्रधानमन्त्री हुने भएका हुन् ।

वर्तमान प्रधानमन्त्री थेरेसा मेको स्थान लिने जोन्सनले प्रतिष्पर्धी जेरेमी हन्टलाई पछि पारिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समयभित्र कन्जरभेटिभ पार्टीको नेताको चुनावको नतिजा बाहिर आउँदैछ ।

जोन्सन नै प्रधानमन्त्रीका प्रबल दाबेदार थिए । लन्डनका पूर्व मेयर जोन्सन अनुभवी नेता हुन् । Photo: France24



प्रतिक्रिया दिनुहोस्