Logo

सीआइएका १७ गुप्तचर इरानद्वारा पक्राउ



एजेन्सी । इरानले अमेरिकी गुप्तचर एजेन्सी सीआइएका लागि काम गर्ने १७ जनालाई पक्राउ गरेको छ । ती व्यक्तिहरुले सीआइलाई सूचनाहरु चुहाइरहेको प्रमाणसहित पक्राउ गरिएको इरानले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार इरानको गुप्तचर मन्त्रालयका उच्च अधिकारीले ६ साउनमा पक्राउको पुष्टि गरेका हुन् । पक्राउ परेकाहरुले देशद्रोह गरेकाले अदालती प्रक्रियाका लागि लगिंदा फाँसी देखि आजीवन काराबासको सजाय सुनाइएको उल्लेख गरिएको छ ।
पक्राउ परेका १७ जनामध्ये कतिपयले अमेरिका जान चाहने इरानीका लागि भीसा बन्दोबस्त मिलाउने गरेको इरानको गुप्तचर मन्त्रालयले दाबी गरेको छ । कतिपयले प्राविधिक र गुप्तचर गतिविधि गर्ने, सूचनाहरु चुहाउने गर्थे ।

अमेरिका र इरानबीच गतिरोध बढिरहँदा इरानले सीआइएका लागि काम गर्नेहरुलाई पक्राउ गरेको खुलासा गरेको हो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भनाईको खण्डन गरेका छन् । उनले इरानले झुटको खेती गरिरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot