Logo

पूर्व सांसद कर्णद्वारा बाढी पीडितलाई राहत बितरण 



सप्तरी । पूर्व सांसद एवं कांग्रेस केन्द्रीय नेता रन्जित कर्णले तराईमा आएको बाढी पीडतहरुलाई औषधि, टेन्ट र भाँडाकुँडा वितरण गरेका छन् । लायन्स कल्ब, ठमेल शाखाको सहयोगमा कर्णले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।

इन्जिनियर समेत रहेका नेता कर्णले लायन्सको अनुरोध स्वीकार्दै राहत बितरणमा सर्वदलीय प्रतिनिधिको नेतृत्व गर्दै राहत समाग्री वितरणमा जुटेका थिए । प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्दै कर्णले चुरे दोहन रोक्दै, बाढी नियन्त्रणका लागि गुणस्तरीय ड्याम बनाएर बृक्षारोपण गर्न सुझाव समेत दिएका थिए ।

त्यस्तै काठमाडौंबाट गएका सबै स्वयंसेवकको बस्ने, खाने, सुरक्षा र गाडी ब्यवस्थापनको सम्पूर्ण लाग्ने खर्च समेत नेता कर्ण जिम्मा लिएका थिए ।
वितरणको अवसरमा नेता कर्णले भने– राम्रो काम गर्न खोज्ने संघसंस्था लाई तराईमा आईपरेको विपतमा सहयोग गर्न आव्हान गरे ।

लायन्सलाई युवानेता क्षितिज भण्डारी, सामाजिक उधमी हरि जोशी र सच्चिन्द्रमोहन राउतबाट प्राप्त अनुमानित २० लाख रुपैयाँको सामाग्री प्रभावित परिवारलाई प्रदान गरिएको रसलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी ले बताईन् । अब नेमोस अध्यक्ष  दिनेश शाही द्वारा उपलब्ध गराइएको सामाग्री बितरण गर्ने कार्यक्रम जिल्लाको नगरपालिका र गाउँपालिकामा केन्द्रित रहेको छ।

बिनाशकारी बाढीमा मृत्यु हुनेको परिवारजनहरुले राहत पाउन भएको ढिलासुस्तीप्रति युवानेता क्षितिज भण्डारीले सरकारको चर्को आलोचना गरे । नेता भण्डारीले पीडित प्रति दुःख व्यक्त गर्दै युवाहरूलाई फोटो खिचाउने सस्तो लोकप्रियता भन्दा माथी उठेर वास्तविक उद्धारमा लाग्न आव्हान गरे । उनले पुनःस्थापन र क्षतिपूर्तिलाई  यथासम्भव वास्तविक पीडितकहाँ चाडै पुराउन सरोकारवालालाई आग्रह गरेको छन् ।

स्थानीय एनजिओ प्रमुख पार्थ्व सरकारको सूचना को आधारमा नेकपा, कांग्रेस, राजपा, समाजवादी दल र सिडिओ कार्यालयको प्रतिनिधिको रोहवरमा निष्पक्ष राहत अभियान अन्तरगत भोलि र पर्सी पनि कम्बल र थप औषधि बितरण गरिने लायन्स कल्ब अध्यक्ष दावाले बताए ।

दावाले संभावित महामारी विरुद्धको योजना बनाउन सरकारसँग आग्रह गरे । लायन्स कल्ब, ठमेल शाखा, नेमोस र रसलाईट मिडियाले सहयोगी हातप्रति हार्दिक धन्यवाद दिएको छ ।



प्रतिक्रिया दिनुहोस्