Logo

माफियाका कारण शिक्षा क्षेत्र तहसनहस : महत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले शैक्षिक माफियाका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन् । सरकारको शिक्षा नीति बिषयक नेपाल विद्यार्थी संघले आज काठमाडौमा गरेको कार्यक्रममा डा। महतले शैक्षिक माफिया नियन्त्रण नगरेसम्म सर्वशुलभ शिक्षा असम्भव रहेको बताए ।

उनले शैक्षिक माफियाका कारण सबैले पढ्न पाउने वातावरण नभएको भन्दै सरकारलाई शैक्षिक क्षेत्रको निगारानी बढाउन आग्रह गरे । सर्वसाधारणले निजी विद्यालय र क्याम्पसमा छोराछोरीलाई पढाउन सक्ने वातावरण नभएको भन्दै शिक्षा क्षेत्रमा बढ्दो अराजकता अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्