Logo

बोरिस जोन्सनले ३१ अक्टोबरभित्र बेलायतलाई इयुबाट अलग गर्ने



एजेन्सी । बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त भएका छन् । ५५ वर्षीय जोन्सनलाई बेलायतका महारानी एलिजावेथले बकिंघम प्यालेसमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
कन्टरभेटिभ पार्टीको नेता चुनिएपछि जोन्सनको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । नियुक्तिपछि उनले यसै वर्षको ३१ अक्टोबरभित्र बेलायतलाई युरोपेली युनीयनबाट अलग गर्ने (बे्रक्जिट) बेलायती जनताको म्यान्डेटलाई कार्यान्वयन गर्ने बताएका छन् ।
बेलायतलाई इयुबाट अलग गर्नुपर्ने पक्षधर जोन्सनले थेरेसा मेको स्थान लिएका छन् । ब्रेक्जिनलाई कार्यान्वयन गर्न निकै सकस भइरहेको छ ।
पछिल्लो पाँच वर्षमा बेलायतमा ब्रक्जिटको मुद्दा जोडतोडले उड्दै आयो । मुद्दा उठ्नु र कार्यान्वयनमा चुनौती देखिनुले प्रधानमन्त्री परिवर्तन हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्