काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक मौद्रिक नीतिमा वाणिज्य बैंकहरुलाई मर्जमा जानका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ। त्यस्तै बैंकरुले स्प्रेड दर आगामी असार मसान्तसम्म ४। ४० प्रतिशतसम्म झार्नुपर्नेछ। हाल ४.५० प्रतिशतको सीमा तोकिएको छ।
त्यस्तै कर्जा तथा आन्तरिक स्रोत व्यवस्थापनका लागि बैंकहरुले विदेशबाट ल्याउन पाउने ऋणको दायरा फराकिलो बनाइएको छ। विदेशी बैंक तथा वित्तीय संस्थाबाट मात्रै यस्तो ऋण ल्याउन पाउने व्यवस्था भएकोमा अब पेन्सन फन्ड, हेज फन्ड लगायत स्रोतबाट पनि ल्याउन सक्नेछन्।
मौद्रिक नीतिमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले गभर्नर डा. चिरञ्जिवी नेपालदेखि उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र बैंकरहरुसँग केन्द्रित रहेर प्राईम टाईम्स टेलिजिनको नियमित प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छनमा बुधबारको लागि कुरा विशेष कुराकानी गरेका छन् । सोही क्रममा गभर्नर नेपालले नीति पूर्ण रुपमा कार्यान्वयनमा जाने दाबी गरे । त्यतिमात्रै नभएर उनले अहिले कुनैपनि प्रकारको बैंकिंग तरलतासमेत नरहेको जिकिर गरे ।
हेर्नुहोस पूरा भिडियो :
यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठसहित):