Logo

इदी अमिनले लखेटेका भारतीय मूलका व्यापारीकी छोरी बनिन् बेलायतकी गृहमन्त्री



एजेन्सी । बेलायतको गृहमन्त्रीमा प्रीति सुशील पटेल नियुक्त भएकी छिन् । कन्जरभेटिभ पार्टीका नेता बनेर प्रधानमन्त्री नियुक्त भएका बोरिस जोन्सनले पटेललाई गृहको जिम्मेवारी दिएका हुन् ।

युगान्डेली भारतीय मूलको पूर्खाकी पटेल टेरेसा मे प्रधानमन्त्री हुँदा पनि अन्तर्राष्ट्रि विकासमन्त्री थिइन् । उनले इजरायलसँग गोप्य बैठक गरेको घटनापछि राजीनामा दिएकी थिइन् ।

लन्डनमा जन्मिएकी पटेलको परिवार युगान्डेली भारतीय मूलका हुन् । २९ मार्च सन् १९७२ मा सुशील पटेल र अञ्जना पटेलबाट उनको जन्म भएको थियो । दुवै गुजरातबाट व्यापारका सिलसिलामा युगान्डा पुगेका थिए ।

युगान्डाका तानाशाह इदी अमिनले एशियालीलाई देश निकाला गर्ने घोषणा गरेपछि पटेल परिवार बेलायत पुगेको थियो । उनीहरुले बेलायतमा व्यापार गर्न थालेका थिए । इदी अमिनले लखेटेर बेलायत पुग्न वाध्य भएका मातापिताकी छोरी प्रीति पटेलले राजनीतिक छलाङ मार्दै बेलायतको महत्वपूर्ण पदमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । Photo: news18



प्रतिक्रिया दिनुहोस्