Logo

पार्टी एक ढिक्का बनाउन सरकारले काम गर्नुपर्यो : प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम अझै नपुगेको बताएका छन् । मानव जातीको भविष्य समाजवादबाट मात्र सुनिश्चित हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातिको भविश्य सुनिश्चित नहुने बताए । कम्युनिस्ट पार्टीका लागि काम देखाउने समय आएको भन्दै उनले अहिले नगरिए इतिहासले धिक्कार्ने बताए ।

अध्यक्ष दाहालले अहिलेको अवसरको सदुपयोग गर्न पार्टीलाई एक ढिक्का बनाउँदै सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए ।सरकार र पार्टीको काम प्रभावकारी नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाउँदै गुणात्मक ढंगले जनताको मन जित्नु पर्ने बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot