काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य भएको बताएका छन्। उनले पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा योगदान गरेको जनाउँदै स्कुल विभाग आफूलाई दिन नेतृत्व समक्ष आग्रह गरे।
बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले यस्तो बताएका हुन । पार्टी सामूहिक निर्णयबाट चल्ने, आफूले गरेको योगदानको मूल्यांकन गर्ने र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग दिँदा न्यायोचित हुने उनको भनाई छ ।