Logo

ट्रम्पको शासनमा फाँसीको सजाय तय



एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि फाँसीको सजाय दिन लागिएको छ । १६ वर्षपछि हुन लागेको फाँसीको सजाय संघीय सरकारले पुनः शुरु गरेपछि दिन लागिएको हो ।

पाँच जना दोषीमाथि फाँसीको सजायको मिति तय गरिएको हो । पाँच जनालाई सन् २०१९ को डिसेम्बर देखि जनवरी २०२० का बीच फाँसीको सजाय दिइने त्यहाँको संघीय सरकारको महान्यायाधिवक्ता कार्यालयले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिए छन् । उनीहरु बालिक र महिलाको बलात्कारपछि हत्यामा संलग्न रहेको प्रमाणित भएकाहरु छन् ।

सन् २००३ यता अमेरिकामा फाँसीको सजाय घोषणा गरिएको थिएन । अमेरिकाको २९ वटा राज्यहरुमा फाँसीको सजाय छैन । सबैभन्दा बढी फाँसीको सजाय टेक्सास राज्यमा दिइने गरेको थियो ।

पाँच जनाले फाँसीको सजाय पाएपछि अमेरिकामा दुई हजार छ सय ७३ जना फाँसीको सजाय माग गरिएकाहरुको फैसला के हुने हो प्रतिक्षा गरिएको छ । Photo: ualrpubliccradio.org



प्रतिक्रिया दिनुहोस्

Screenshot