Logo

प्रतिष्पर्धामा टाउकोमा रगत जमेर रुसी बक्सरको निधन (भिडियोसहित)



एजेन्सी । रुसी बक्सर मेक्सिम दादासेभ र पोर्टोरिकोका बक्सर सुब्रिएल माटियासबीचको गत शुक्रबारको भिडन्त दुखान्त बन्यो । अमेरिकाको मेरिल्यान्डमा भएको प्रतिष्पर्धामा दादासेभ घाइते भई अस्पताल लगिएका थिए ।

उपचारका क्रममा उनको ७ साउनमा निधन भयो । २८ वर्षीय बक्सर घाइते भएपछि ११ औं राउन्डमा रेफ्रीले खेल रोकेका थिए । मटियासले निकै प्रभावशाली प्रदर्शन गरेका थिए । निकै पटक मुक्का खाएपछि खेल रोकिएको थियो ।

रिङबाट निस्किएपछि दादासेभले भोमिट गरेका थिए । लगत्तै बेहोस भए । उनलाई अस्पताल पुर्याउँदा मस्तिष्कमा रगत जमेको भेटिएपछि शल्यक्रिया गरिएको थियो ।

खेल जीवनमा १३ जीत र एक हार व्यहोरेका उनलाई भविष्य बोकेका बक्सरका रुपमा लिइएको थियो । उनले विगतमा नकआउटबाट १० जीत निकालेका थिए । Photo: Foxnews

https://www.youtube.com/watch?v=q2Rnq6VyA1Y



प्रतिक्रिया दिनुहोस्