Logo

ओलीपछि ज्ञानेन्द्रको दाबी : रअ प्रमुख भेटेको छैन



काठमाडौं, १० साउन । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।

पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’

विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’



प्रतिक्रिया दिनुहोस्