Logo

गाँजा छोडी फरारलाई प्रहरीले यसरी निकाल्यो



काठमाडौं । इच्छाशक्ति भए प्रहरीले दुलोमा छिरेको मूसा पनि निकाल्छ भनिन्छ ।१० साउनको विहान त्यस्तै भयो ।

५ साउनमा गाँजासहित गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट प्रहरीले पक्राउ गर्न खोज्दा फरार युवकलाई पाँच दिनपछि निकालेको छ । तीन केजी अवैध गाँजासहित पक्राउ गर्न लाग्दा नुवाकोट घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठ फरार भएका थिए । उनै श्रेष्ठलाई प्रहरीले पक्राउ गरिछाड्यो ।

भागेर नुवाकोट पुगेका उनलाई स्थानीय प्रहरीको समन्वयमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot